About us
ट्रक यातायात क्षेत्रका व्यवसायीहरुले केन्द्रीय संस्थाको अवधारणा र आवश्यकतालाई महसुस गरेर वि. स. २०५७ सालमा “नेपाल ट्रक व्यवसायि केन्द्रीय संघ” नामको संस्था स्थापना गर्न तर्जुमा गरेको विधान २०५८ असोज ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट स्वीकृत भएपछि यस महासंघको बैधानिक यात्रा शूरु भएको हो | सं २०६२ सालमा पहिलो संसोधनबाट नेपाल ट्रक व्यवसायि केन्द्रीय संघबाट यसको नाम परिवर्तन गरी “नेपाल ट्रक ट्यांकर तथा परिवहन व्यवसायी महासंघ” बनाईयो | सम्पूर्ण सम्मिलित संघ संस्थाहरू मिलेर बनेको केन्द्रीय संस्थाको नाम बिधानको दोस्रो संसोधनबाट पुनः नेपाल ट्रक ट्यांकर तथा परिवहन व्यवसायी महासंघबाट “नेपाल ट्रक यातयात व्यवसायी महासंघ” भएको हो |
नेपाल ट्रक यातायात व्यवसायी महासंघ मालबाहक यातायात व्यवसायिहरुको छाता संगठन हो | आवद्ध संघ समितिहरुका सदस्य ट्रकहरुलाई उचित र व्यवहारिक रुपमा समान व्यवहार गरी सहज वातावरण तयार गर्ने उदेश्यका साथ स्थापना भएको हो | मुलुकमा ट्रक यातायात व्यवसायको हित प्रवार्दनार्थ स्थापित भएका विभिन्न संघ संस्थाहरुको अभिभावकीय भूमिकामा रहेको हुँदा महासंघले नेपाल सरकार र आफ्ना सदस्य संस्थाहरू मार्फत आम व्यवसायीहरू बिच पूलको रुपमा काम गर्दै आएको छ | आम व्यवसायीका निम्ति सामुहिक छलफलबाट समस्याको समाधान निकाल्ने मन्चको रुपमा महासंघको भूमिका हुदै आएको छ |